×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमणको जोखिम हुन नदिन जुम्लामा उच्च सतर्कता !

PRIME CA

कोरोना संक्रमणको जोखिम हुन नदिन जुम्लामा उच्च सतर्कता !

९ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

जुम्ला । कोभिड–१९ को जोखिम हुन नदिन जुम्लामा उच्च सतर्कता बढाइएको छ । प्रदेश राजधानी सुर्खेतसँग जोडिएको जिल्ला दैलेख आठबीस नगरपालिका–१ साततलाका एक पुरुष युवामा गत सोमबार कोरोना भाइरस पुष्टि भएपछि जिल्लामा सतर्कता बढाइएको हो ।
जिल्लाका आठ स्थानीय तहले उच्च सतर्कता अपनाएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिल्लाका सबै स्थानीय तहले जिल्लास्तरीय क्वारेन्टिन कर्णाली प्राविधिक शिक्षालयमा राम्रो व्यवस्थापनका साथ निर्माण गरिएको छ ।” स्थानीयवासी जिल्ला बाहिराबाट आउने र कोरोनाको लक्षण देखापर्नासाथ जिल्लास्तरीय एकीकृत क्वारेन्टिनमा राखिने व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।
क्वारेन्टिन सबै पालिकाको एउटै स्थानमा भएकाले क्वारेन्टिनमा बसेकाको कोरोना जाँच गर्न सहज भएको जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले बताउनुभयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिक रहेको शिक्षालयको क्वारेन्टिनमा गएर प्रतिष्ठानका चिकित्सकबाट स्वास्थ्य जाँचसमेत हुने सबैलाई उच्च मनोबल राख्न प्रतिष्ठानका चिकित्सकबाट हौसला प्रदान गरेको उहाँले जानकारी दिनुभयो ।
जिल्लाको विभिन्न स्थानीय तहका नाकामा कडाइ गरिएको र यही जेठ ३ गते रुपैडिया नाकाबाट आएका २९ जनालाई सो शिक्षालयको जिल्लास्तरीय एकीकृत क्वारेन्टिनमा नेपाली सेनाको संरक्षणमा राखिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले जानकारी दिनुभयो । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: