×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जुम्लाका सात गाउँपालिकाबाट थ्रोट स्वाब सङ्कलन, एक हजार २ सय बढीको रिपोर्ट नेगेटिभ

PRIME CA

जुम्लाका सात गाउँपालिकाबाट थ्रोट स्वाब सङ्कलन, एक हजार २ सय बढीको रिपोर्ट नेगेटिभ

३१ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ कोरोना भाइरसको परीक्षणका लागि ‘थ्रोट स्वाब’ सङ्कलन गरिएका जुम्लाका एक हजार २६३ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । जुम्लाका चन्दननाथ नगरपालिकासहित सात गाउँपालिकाबाट थ्रोट स्वाब सङ्कलन गरिएका ९२३ जनाको एकैपटक पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको प्रतिष्ठान जुम्लाका प्रयोगशाला प्रमुख विवेक पुन मगरले जानकारी दिनुभयो । 
मङ्गलबारबाट बिहान ८ः०० बजेबाट शुरु गरिएको पिसिआर परीक्षण २४ घण्टामा सम्पन्न गरिएको र सबैको रिपोर्ट नेगेटिभ देखिएको उहाँले बताउनुभयो । प्रयोगशाला प्रमुख पुनका अनुसार प्रतिष्ठानले जुम्लाका सात गाउँपालिकामा सिञ्जा १९९, कनकासुन्दरी २००, हिमा ३७, तिला ७०, तातोपानी ११०, गुठीचौर ९५, पातारासी ७० र चन्दननाथ नगरपालिका ५८ जनाको स्वाब सङ्कलन गरेको थियो । 
त्यस्तै, कालीकोटमा दुई, मुगुमा पाँच र नेपाली सेना एक जनासमेतको स्वाब परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको उहाँको भनाइ थियो । हाल प्रतिष्ठान जुम्लामा पिसिआर परीक्षण गरिएका ९२३ र यसअघि सुर्खेत तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गरिएका जुम्लाका ३४० जना सबैको रिपोर्ट नेगेटिभ आएको अस्पताल निर्देशक डा मङ्गल रावलले जानकारी दिनुभयो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: