×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धमाधम कोरोना बीमा गर्दै जुम्लाका जनप्रतिनिधि

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

धमाधम कोरोना बीमा गर्दै जुम्लाका जनप्रतिनिधि

Artha Sarokar

२ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । जुम्लाका स्थानीय तहका जनप्रतिनिधिले कोरोना भाइरसको बीमा धमाधम गर्न थालेका छन् । स्थानीय सरकारका जनप्रतिनिधिले जनतासंँग प्रत्यक्ष रुपमा घुलमिल रहने भएकाले कोभिड १९ संक्रमणको खतरा हुने जनाउँदै कोरोना बीमा गरेको चन्दननाथ नगपालिकाका प्रमुख कान्तिका सेजुवालले बताए ।
जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा र नगर प्रमुख सेजुवाल एक–एक लाखको कोरोना बीमा गर्ने यहाँका पहिलो जनप्रतिनिधि भएको शिखर इन्स्योरेन्स कम्पनी कर्णाली प्रदेशका प्रबन्धक ऋषिराम पाण्डेले बताए । जिससका प्रमुख लालबहादुर सार्की, पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोरा, तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुुढा तथा स्थानीय तहका वडाध्यक्ष र वडा सदस्यले शुक्रबार कोरोना बीमा गरेका छन् । 
क्वारेन्टाइन अनुगमन गर्ने, हेल्थ डेस्कसँग समन्वय गर्ने र प्रत्यक्ष जनतासँग जोडिने भएकाले जनप्रतिनिधिको बीमा अत्याववश्यक रहेको समन्वय उपप्रमख बुढाले बताए । जिल्लामा कोरोना बीमा तीन सयभन्दा बढीले गरेका छन् ।का सबै जिल्लामा कोरोना बीमा शुरु भइसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी