×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिम प्रदेश : हालसम्म १७ हजार ५३९ जनाको कोरोना परीक्षण, क्वारेन्टाइनमा कति ?

PRIME CA
GLOBAL IME BANK

सुदूरपश्चिम प्रदेश : हालसम्म १७ हजार ५३९ जनाको कोरोना परीक्षण, क्वारेन्टाइनमा कति ?

२६ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । सुदूरपश्चिम प्रदेशमा हालसम्म १७ हजार ५३९ व्यक्तिहरुको कोरोना परिक्षण गरिएको छ । प्रदेशमा आरडीटी र पिसिआर दुवै विधिबाट परिक्षण गरिएको हो । आरडिटी विधिबाट १४ हजार ६१६ जनाको परीक्षण गरिएको छ । उक्त विधिबाट गरिएका परिक्षणमा सबैको नतिजा नेगेटिभ नै आएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए ।  
यस्तै पिसिआर विधिवाट २ हजार ९२३ जनाको स्वाब नमुना जाँच गरिएको छ ।  जसमा २ हजार ९१८ को नमुना नेगेटिभ आएको भने ५५ जनाको स्वाव नमुना नतिजा आउन बाँकी रहेको छ । हालसम्म ५ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । जसमा ४ जना निको भई घर फर्किसकेका छन् । 
सुदूरपश्चिम प्रदेशमा ३ हजार ३७४ जना अझै क्वारेन्टाइनमा रहेको बताइएको छ । जसमा ३ हजार ११३ जना पुरुष र २६१ जना महिला छन् । विभिन्न अस्पतालमा ३ जना आइसोलेसनमा उपचारमा छन भने १२६ जना उपचारपछि घर गइसकेका छन् । नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । बिहिबार मात्रै २ जना थपिएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: