Skip to content
LAXMI SUNRISE BANK

वन उपभोक्ता समितिका अध्यक्ष बीर्ख धामी ५० हजार घुस सहित पक्राउ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कैलालीको उदासीपुरस्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बीर्ख धामी ५० हजार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गौरीगंगा नगरपालिका-८ बढैपुर बजारबाट सोही नगरपालिका १० बस्ने धामीलाई घुस लिइसकेको अवस्थामा बिहीबार (हिजो) पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मसुरीयामा घरायसी विवादबारे दर्ता भएको मुद्दाका विषयमा प्रहरी कर्मचारीसँग मिलेर सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा धामीलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । धामीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK