×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनामुक्त भयो सुदूरपश्चिम : ५औँ कोरोना संक्रमित महिला पनि निको भईन्, अस्पतालले गर्यो डिस्चार्ज !

GLOBAL IME BANK

कोरोनामुक्त भयो सुदूरपश्चिम : ५औँ कोरोना संक्रमित महिला पनि निको भईन्, अस्पतालले गर्यो डिस्चार्ज !

२६ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली – धनगढीकी कोरोना संक्रमित महिला अस्पतालबाट डिस्चार्ज भएकी छिन् । ३५ दिनदेखि सेती प्रादेशिक अस्पतालमा उपचाररत उनको पछिल्लो दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले शुक्रबार डिस्चार्ज गरेको हो । 
उनको ६ पटकसम्म गरीएको थ्रोट स्वाब परिक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । पछिल्लो दुई पटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिको अस्पतालका कोरोना रोग उपचार विभाग प्रमुख शेरबहादुर कमरले जानकारी दिए । चैत २२ गते उनमा पहिलो पटक कोरोना भाइरस पुष्टि भएको थियो।
धनगढीमा ५ जना कोरोना संक्रमित व्यक्तिहरु थिए । जसमा लम्कीचुहा नगरपालिकाका २१ बर्षीय युवक, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० बर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्वर १ कि महिला यसअघि नै सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भईसकेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: