×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सातै प्रदेशका फोटो समाचार : नेपालगञ्जमा ग्राहकहरु जोखिम मोल्दै, कोरोनाकोसँगै हुरीले निम्त्यायो अर्को विपत् (फोटो-कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

सातै प्रदेशका फोटो समाचार : नेपालगञ्जमा ग्राहकहरु जोखिम मोल्दै, कोरोनाकोसँगै हुरीले निम्त्यायो अर्को विपत् (फोटो-कथा)

काठमाडौँ – देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले नेपालगञ्जको सुर्खेतरोडस्थित एक पसलमा भीडभाड गरी उपभोग्य सामग्री खरीद गर्दै स्थानीयवासीदेखि हावाहुरीले कैलालीमा सयौँ घरमा क्षति पुगेकोसम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।
हेरौं सातै प्रदेशका फोटो समाचार :
नेपालगञ्जको सुर्खेतरोडस्थित एक पसलमा भीडभाड गरी उपभोग्य सामग्री खरीद गर्दै स्थानीयवासी । हालसम्म २४ कोरोना सङ्क्रमित रहेको नेपालगञ्जमा सामाजिक दूरी कायम नगरी खाद्य सामग्री खरीद गर्दा सङ्क्रमण बढ्ने जोखिम देखिन्छ ।
कैलालीमा आइतबार बेलुका आएको हावाहुरीले छाना उडाएका र भत्काएका घर । हावाहुरीले टीकापुरमा सयौँ घरमा क्षति पुगेका छन् ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरमा हावाहुरीले क्षति पु¥याएको विद्युत लाइन मर्मत गर्दै नेपाल विद्युत प्राधिकरणका कर्मचारी । आइतबार साँझ आएको हावाहुरीले विद्युत लाइनमा क्षति पु¥याउँदा जिल्लाको विद्युत सेवा ठप्प  छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि काम गरेबापत महिला स्वयंसेविका प्रोत्साहन भत्ता वितरण गर्दै चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाल र उपप्रमुख अप्सरादेवी महत । नगरपालिकाका ९०  महिला स्वयंसेविकालाई रु १० हजार दरले २५ प्रतिशत करकट्टी गरी रु सात हजार पाँच सय  वितरण गरिएको छ ।
हिमानी कोषले सोमबार सुदूरपश्चिम प्रदेश सरकारलाई सहयोग गरेको स्वास्थ्य सामग्री बुझ्दै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी ।
पोखरा महानगरपालिका– ६ जरेवरमा साइकलमा छाता बाधेर तरकारी बिक्रीका लागि हिँडेका व्यापारी । 
प्रतिनिधिसभाको सोमबारको बैठकमा सहभागी सांसद ।
सङ्घीय संसद, अन्तरराष्ट्रिय सम्बन्ध समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली । बैठकमा भारतद्वारा लिपुलेक क्षेत्रमा निर्मित सडक सम्बन्धमा छलफल भएको थियो ।
पूर्वका जिल्लाबाट काभ्रे हुँदै राजधानी प्रवेश गर्ने प्रमुख नाकाका रुपमा रहेको अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर सूर्यविनायक– ८ जगातीमा सवारी साधन निःसङ्क्रमण गराएर प्रवेश गराउँदै । यो टनेल सुन्दर यातायातले स्थापना गरेको हो ।
तुलसीपुरस्थित तुलसीबाल  अस्पतालमा नवजात शिशुको कोरोना परीक्षणका लागि स्वाब निकाल्दै चिकित्सक । तुुलसीपुर उपमहानगरपालिका– ं१३ की अनिता यादवले सोही नगरपालिकास्थित क्वारेन्टाइनमा बसेको समयमा गत शुक्रबार जुम्ल्याहा बालिका जन्माउनु भएको थियो । 
तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङलाई सोमबार रु एक लाख बराबरको चेक हस्तान्तरण गर्दै गण्डकी क्रसर उद्योग व्यवसायी सङ्घका अध्यक्ष सुरेन्द्र त्रिपाठी । नगरपालिकाले खडा गरेको कोरोना सङ्क्रमण रोकथाम तथा उपचार कोषका लागि सङ्घले सहयोग गरेको हो ।
नेपाली भूमि लिपुलेक क्षेत्र अतिक्रमण गरी भारतले सडक निर्माण गरेको विषयमा पोखरा बजार आसपास क्षेत्रमा सोमबार बिरोध प्रदर्शनमा विद्यार्थी  । उनीहरुले अतिक्रमित नेपाली भूमि फिर्ता र राष्ट्रिय स्वाधिनताको रक्षाको माग गरेका थिए ।
कोरोना भाइरसको परीक्षणका लागि स्वाब सङ्कलनार्थ हेलिकप्टरमार्फत हुम्ला जानेक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललगायत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको चिकित्सक टोली ।
पाल्पाको रामपुर नगरपालिकाले कृषकलाई अनुदानमा धानको बीउ वितरण गर्दै । कृषकको मागकाआधारमा वडा तथा कृषि शाखा कार्यालयमार्फत धानको बीउ वितरण गरिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: