Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्री ओलीले भने – ‘सरकारले अतिक्रमित सबै भूभाग फिर्ता ल्याउँछ’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमित लिम्पयाधुरा, लिपुलेक र कालापानी क्षेत्र जसरी पनि फिर्ता ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले कुटनीतिक पहल मार्फत अतिक्रमित भूमी फिर्ता ल्याएरै छोड्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।
यस्तै उनले नेपालको नयाँ नक्सा मन्त्रीरिषदबाट पास भएको बताए । ‘लिमियाधुरा, लिपुलेकसहित कालापानी हाम्रो भूभाग हो ।’ १८ सालसम्म जनगणना गर्ने र तिरो उठाउने काम भइररहेको थियो । त्यसपछि त्यहाँ तिरो उठाउन जान रोक्ने काम भयो ।’  प्रधानमन्त्री ओलीले भने, ‘सन् १९६२ सनमा त्यहाँ भारतीय सेना कालापानीमा बसेर हामी ब्लक गरेका हुन्। त्यसबेला शासकहरुले सहे। त्यो विषय ताजा विषयकोरुपमा नभएकाले अझेलमा परेको हो । अब लिम्पियाधुरा, लिपुलेक, कालापानी आझेलमा पर्न दिइँदैन। हाम्रो भूभाग हामी फिर्ता लिएरै छोड्छौं।’
यस्तै ‘संविधान संशोधनको प्रस्ताव सदनमा आउने छ र पारित हुन्छ। म ठान्छु, संविधानको अनुसूची ३ नेपालको नक्सा समेत अंकित छ। संसदले पारित गरेका दिन, देशमा दिपावली हुनेछ।’ उनले भने । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK