×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालिकोटमा ४ सय ९० जनाको कोरोना परीक्षण, कसको रिपोर्ट कस्तो आयो ?

PRIME CA

कालिकोटमा ४ सय ९० जनाको कोरोना परीक्षण, कसको रिपोर्ट कस्तो आयो ?

४ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

कालिकोट । कालिकोट जिल्लामा हालसम्म ४ सय ९० जनाको कोरोना परिक्षण गरिएको छ ।जिल्लाका ९ वटै स्थानीय तहमा गरी कुल ४ सय ९० जनाको र्‍यापिड टेस्ट विधिबाट परिक्षण गरिएको स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको हो ।  
स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुर महतका अनुसार विदेशबाट आएका तथा शकास्पद ठाउँबाट आएकालाई लक्षित गरी नमूनाका रुपमा र्‍यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्लाको खाँडाचक्र नगरपालिकामा ७६, रास्कोट नगरपालिकामा ८२, तिलागुफा नगरपालिकामा २९, पलाँता गाँउपालिकामा १६, पचालझरना गाँउपालिकामा ४६, सान्नीत्रिवेणी गाँउपालिकामा ५१, नरहरीनाथ गाँउपालिकामा ७३, शुभकालिका गाँउपालिकामा ५० र महाँवै गाँउपालिकामा ८७ जनाको र्‍यापिड टेस्ट गरिएको छ । कोरोनाविरुद्धको अभियानमा कालिकोटमा ३ सय ७४ जना स्वास्थ्यकर्मी फिल्डमा सक्रिय रुपमा लागिरहेका छन् । 
हालसम्म जिल्लामा १ हजार १ सय ८९ मानिसलाई क्वारेन्टाइनमा राखिएको थियो भने १ हजार १ सय ५१ जना घर फर्किसकेका छन् । जिल्लामा हाल १ हजार ८४ क्वारेन्टाइन बेड रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: