×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको उच्च जोखिम रहेको भन्दै कालिमाटी, बल्खु र बानेश्वरका बजारबाट फलफूल र तरकारी ल्याउन निषेध !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोनाको उच्च जोखिम रहेको भन्दै कालिमाटी, बल्खु र बानेश्वरका बजारबाट फलफूल र तरकारी ल्याउन निषेध !

Artha Sarokar

८ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
भक्तपुर । गोदावरी नगरपालिका क्षेत्रमा कालिमाटी, बल्खु र बानेश्वरका बजारबाट फलफूल तथा तरकारी आयात गर्न निषेध गरिएको छ । कोरोनाको जोखिम हुन नदिन नगरपालिकाले उक्त तीन स्थानका फलफूल तथा तरकारी प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेको हो ।
नगरप्रमुख गजेन्द्र महर्जनले निकालेको सूचनामा कालिमाटी, बल्खु र बानेश्वरबाट आउने फलफूल तथा तरकारी ल्याइ व्यापारीले बिक्री वितरण गरेको पाइएमा कडाभन्दा कडा कारवाही गरिने उल्लेख गरिएको छ । यस्तै सूचनामा नगरपालिकाका सबै वडामा अत्यावश्यक खाद्यवस्तु बिक्री वितरणका लागि बिहान ५ देखि ११ बजेसम्मका लागि मात्र पसल खुला गर्नसमेत व्यवसायीमा अपिल गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी