
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक बर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले २१ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २१ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
प्रकाशित विवरण अनुसार समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५ करोड ४९ लाख रुपैयाँ बढेर ८५ करोड ७१ लाख रुपैयाँ पुगेको छ भने खुद नाफा पनि बढेको छ । बैंकको सञ्चालन मुनाफा ४३ लाख ९० हजार रुपैयाँ बढेर ३० करोड ६३ लाख रुपैयाँ पुगेको छ। विवरण अनुसार समिक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.०७ प्रतिशतबाट बढेर १.४० प्रतिशत पुगेको छ।
बैंकको प्रतिशेयर आम्दानीमा पनि झिनो सुधार भएको छ । गत आर्थिक बर्षको तेश्रो त्रैमासको अन्त्यसम्ममा बैंक प्रति सेयर आम्दानी ११ रुपैयाँ १३ पैसा थियो भने अहिले प्रति सेयर आम्दानी ११ रुपैयाँ ३१ पैसा पुगेको छ । २ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको वितरण योग्य मुनाफा चैत मसान्तसम्ममा ५८ लाख ४२ हजार रुपैयाँ रहेको छ भने बैंकले सो अवधिसम्ममा ७० करोड ५८ लाख रुपैयाँ जगेडा कोषमा र ४ करोड ६२ लाख रुपैयाँ अन्य शेयरधनी कोषमा सञ्चय गरेको छ।
बैंकले चालु आवको चैत मसान्तसम्ममा २८ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्