×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कञ्चनपुरमा क्वारेन्टाइनको व्यवस्थापनमा सेना खटियो

LAXMI SUNRISE BANK

कञ्चनपुरमा क्वारेन्टाइनको व्यवस्थापनमा सेना खटियो

११ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कञ्चनपुर । कञ्चनपुरका पाँच स्थानीय तहका क्वारेन्टाइनको व्यवस्थापनमा नेपाली सेना खटिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सिंहशार्दूल गुल्म भगतपुर ब्यारेकको टोली दुई दिनदेखि खटिएको हो । सो गुल्मका गुल्मपति सेनानी प्रणयजङ्ग मल्लले सुरक्षा समितिको निर्णयअनुसार महाकाली नगरपालिका, बेलौरी, पुर्नवास, बेल्डाँडी र लालझाडी गाउँपालिकामा खटिएको जानकारी दिए । “स्थानीय तहमा रहेका ठूला क्वारेन्टाइनमा बसेर आवश्यक व्यवस्थापनको काम हामीले गर्दैछौं ।” उनले भने, “स्थानीय तहका अन्य स्थानमा रहेका क्वारेन्टाइनको निगरानी र सुरक्षा सतर्कता बढाएका छौँ ।”
उनले स्थानीय तहसितको समन्वयमा सेना क्वारेन्टाइनको व्यवस्थापनमा जुटेको बताए । यसअघि सेनाले गड्डाचौकी नाकामा भारतबाट आउनेको स्वास्थ्य जाँचमा समेत खटिएको थियो । त्यसैगरी आज नै उसले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनबारे यहाँ नमूना प्रदर्शन गरेको छ ।
सो गुल्म र २५ फिएको संयुक्त आयोजनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, महाकाली अस्पताल र जनस्वास्थ्यकर्मीलाई नमूना प्रदर्शन देखाइएको सेनाले जनाएको छ । “शव व्यवस्थापन गर्दा अपनाउनुपर्ने सुरक्षालगायत योजनाबद्ध व्यवस्थापन कसरी गर्छौँ भनेर प्रदर्शन गरिएको हो ।” सेनानी मल्लले भने, “भैपरी आउने सङ्क्रमण चुनौतीसित जुध्न सेना आवश्यक तयारी अवस्थामा छ ।”
यसैबीच गड्डाचौकी मुख्य बाटो हुँदाहुँदै दोधारा चाँदनीबाट दैनिक सयौँ नागरिक भारतबाट स्वदेश फर्किन थालेपछि महाकाली नदीमा रहेको झोलुङ्गे पुलमा आज बिहानदेखि कञ्चनपुरको भीमदत्तनगरपालिकाका स्थानीयवासीले तालाबन्दी गरेका छन् । -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी