×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किशोरी बलात्कार घटना : ५० रुपैयाँ दिएर बलात्कार, घटना मिलाउन १० लाख

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

किशोरी बलात्कार घटना : ५० रुपैयाँ दिएर बलात्कार, घटना मिलाउन १० लाख

Artha Sarokar

२६ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कञ्चनपुर

  • अर्थ सरोकार सम्बाददाता 
कञ्चनपुर – कञ्चनपुरमा १५ वर्षीया किशोरी बलात्कार आरोपमा प्रहरीले ६८ वर्षीय वृद्धलाई पक्राउ गरेको छ । प्रहरीले भीमदत्त नगरपालिका-११ भुजेलाका तारादत्त जोशीलाई बलात्कार आरोपमा पक्राउ गरेको हो ।
किशोरीलाई ५० रुपैयाँ दिएर बलात्कार गरेको पीडित पक्षले प्रहरीलाई बताएको छ । वृद्धले घटना सार्वजनिक नगर्न भन्दै पीडित पक्षलाई १० लाख रुपैयाँ दिएको प्रहरीले बताएको छ । पिडित पक्षलाई दिएको १० लाख रुपैयाँको चेकसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रवक्ता रवीन्द्र पौडेलले घटनाबारे अनुसन्धान भरहेको बताए । ‘५० रुपैयाँ दिएर बलात्कार गरेको र घटना मिलाउन १० लाख रुपैयाँको चेक दिएको पाइएको छ’ उनले भने, ‘अनुसन्धानको काम अन्तिम चरणमा पुगेको छ ।’ वैशाख २ गते घटना भए पनि प्रहरी प्रहरीसमक्ष भने ढिला पुगेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी