×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४ दिन अगाडि चोरबाटोबाट लुकेर नेपाल प्रवेश गरेका थिए कपिलवस्तुका कोरोना संक्रमित

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

४ दिन अगाडि चोरबाटोबाट लुकेर नेपाल प्रवेश गरेका थिए कपिलवस्तुका कोरोना संक्रमित

Artha Sarokar

२६ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कपिलवस्तु – कपिलवस्तुका दुुईजना कोरोना संक्रमित व्यक्ति भारतको मुम्बईबाट ४ दिनअघि नेपाल प्रवेश गरेको पाइएको छ । उनिहरुमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार राति पुष्टि गरेको थियो ।

कपिलवस्तुका प्रहरी प्रमुख दीपशमशेर जबराका अनुसार कपिलवस्तुुको मायादेवी गाउँपालिका-८ विजुवाका उनीहरु वैशाख २३ गते कपिलवस्तुको पकडी नाकाको दक्षिणतर्फको खुला सीमाबाट नेपाल आएका थिए । कोरोना संक्रमण पुष्टि हुनेमा  १६ र २२ वर्षका पुरुष छन् ।

उनीहरुलाई मायादेवी गाउँपालिकाकै तीर्थादेवी छत्रपाली माविको क्वारेन्टाइनमा रखिएको थियो । दुई जनाकै थ्रोट स्वाबको परीक्षण भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा किट अभावका कारण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । अन्य चारजना युवाहरू पनि उनीहरु सँगै आएको सूचना आएको र खोजी कार्य भइरहेको प्रमुख जबराले जानकारी दिए । कपिलवस्तुका दुईजनामा संक्रमण पुष्टि भएसँगै प्रदेश ५ मा संक्रमितको संख्या २६ पुगेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी