
- अर्थसरोकार सम्बाददाता
बुटवल । कपिलवस्तुकी कोरोना संक्रमित ६ वर्षीया बालिका वाणगंगा नगरपालिका-४ ठाकुरापुरकी रहेको खुलेको छ । घरमै बसिरहेकी ती बालिकामा कसरी संक्रमण देखियो भनेर स्थानीय आश्चर्यमा परेका छन् ।
‘बालिकाको परिवारमा कोही पनि विदेशबाट आएका छैनन् र उनी पनि घर बाहिर टाढा कतै नगएको उनका अभिभावकले बताएका छन्,’ वडा अध्यक्ष गणेश क्षेत्रीले भने, ‘घरमै बसेकी बालिकालाई कसरी कोरोना देखियो हामी सबै अचम्ममा परेका छौं ।’
स्वास-प्रश्वाससम्बन्धी समस्या देखिएपछि वडा कार्यालयको सिफारिस लिएर ती बालिकालाई मंगलबार काठमाडौंमा उपचार गराउन पठाइएको वडा अध्यक्ष क्षेत्रीले बताए । अस्पतालले उनको स्वाब परीक्षण गराउँदा संक्रमण देखिएको उनले बताए ।
बालिकामा संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा आएकाहरूको खोजी गरी परीक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्र भगतले जानकारी दिए ।
बिहीबार बिहानको रिपोर्टमा बालिकामा संक्रमण देखिएपछि कपिलवस्तुमा संक्रमितको संख्या ३९ पुगेको छ । जसमध्ये ४ जना सुरक्षाकर्मी र १ जना स्टाफ नर्समा पनि संक्रमण पुष्टि भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्