
- अर्थ सरोकार सम्बाददाता
कपिलवस्तु । कपिलवस्तुको क्वारेन्टाइनबाट ३० जना व्यक्ति भागेका छन् । क्वारेन्टाइनमा बसेको दुई हप्तासम्म पनि कोरोना परिक्षण नभएको भन्दै उनीहरु भागेका हुन् । सोमबार कपिलवस्तु नगरपालिका वडा नं. ४ मलपरवास्थित सुन्दर प्राथमिक विद्यालयमा रहेका उनीहरु राति साढे ९ बजे क्वारेन्टाइनबाट भागेका हुन् ।
उनीहरू क्वारेन्टाइनमा बसेका व्यक्तिहरु भारतको मुम्बईलगायतका शहरबाट फर्केका हुन् । यता उनीहरु क्वारेन्टाइन छाडेर भाग्दा गाउँमा रहेका अन्य व्यक्तिहरु भने त्रसित बनेका छन् । कोरोना संक्रमणको सम्भावित क्षेत्रबाट आएका व्यक्ति क्वारेन्टाइनमा कम्तीमा १४ दिन बस्नुपर्ने सरकारी नियम छ । तर किटको अभावमा दुई हप्ता पूरा हुँदासम्म कोरोना जाँच नहुँदा असन्तुष्टी बढेको छ ।
क्वारेन्टाइनमा बसेका व्यक्ति भागेको भन्ने जानकारी आएको र आफूहरु के भएको रहेछ बुझ्ने क्रममा रहेको कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीप शमशेर जबराले जानकारी दिए। कपिलवस्तुमा यसअघि पनि दुई स्थानका क्वारेन्टाइनबाट ४५ जना भागेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्