
- अर्थ सरोकार सम्बाददाता
कपिलवस्तु । कपिलवस्तुमा एकैदिन २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणबाट उनीहरूमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो।
बिहीबार साँझ कोरोना संक्रमण पुष्टि हुनेहरू जिल्लाको विजयनगर गाउँपालिका, कपिलवस्तु नगरपालिका र महाराजगञ्ज नगरपालिकाका हुन् । जसअनुसार कपिलवस्तु नगरपालिकाका १७, विजयनगर गाउँपालिकाका ९ जना र महाराजगन्ज नगरपालिकाका एक जना छन् । कपिलवस्तु वडा नं ८ का मात्रै १२ जनामा संक्रमण पुष्टि भएको कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।
यस्तै कपिलवस्तु नगरपालिका वडा नं. ११ का ३ जना, वडा नं. १० र ७ का १/१ जना रहेका छन् । विजयनगर गाउँपालिकाको वडा नं. ७ का ६ जना, वडा नं ३ का २ जना र वडा नं.५ का एक जना रहेका छन् । यस्तै कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नंं. ७ का ३० वर्षका एक पुरूषमा पनि बिहीबार साँझ कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १ सय ३६ पुगेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्