×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अज्ञात व्यक्तिद्वारा कपिलवस्तुमा वडाध्यक्षलाई लक्षित गरी गोली प्रहार, संलग्नको आशंकामा एक पक्राउ

PRIME CA

अज्ञात व्यक्तिद्वारा कपिलवस्तुमा वडाध्यक्षलाई लक्षित गरी गोली प्रहार, संलग्नको आशंकामा एक पक्राउ

१९ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
कपिलबस्तु । कपिलवस्तुमा वडाध्यक्षलाई लक्षित गरी गोली प्रहार भएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका-८ का वडाध्यक्ष सहाबुद्दिन मुसलमानमाथि लक्षित गरेर गोली प्रहार भएको हो ।
शुक्रबार बिहान अज्ञात व्यक्तिले उनलाई लक्षित गरेर गोली चलाएका हुन् । अध्यक्ष सहाबुद्दिन सकुशल छन् भने उक्त घटनामा संलग्न भएको आशंकामा एक जना स्थानीय पक्राउ परेका छन् । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: