×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुरक्षाकर्मीको आँखा छल्दै चोर बाटोबाट नेपाल छिरेका थिए कपिलवस्तुका १० नयाँ कोरोना संक्रमित…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुरक्षाकर्मीको आँखा छल्दै चोर बाटोबाट नेपाल छिरेका थिए कपिलवस्तुका १० नयाँ कोरोना संक्रमित…

Artha Sarokar

२९ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – आज (सोमबार) भेटिएका कोरोना संक्रमित व्यक्तिहरु भारतबाट आएका खुलेको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले कपिलवस्तुमा भेटिएका १० जना नयाँ संक्रमित पनि भारतबाटै लुकिछिपी नेपाल भित्रिएको पाइएको बताए । 
प्रमुख पौडेलका अनुसार उनीहरु भारतको मुम्बई, दिल्लीलगायतका ठाउँबाट आएका थिए । तर उनीहरु कहिले नेपाल भित्रिए भन्ने बारे सही जानकारी पत्ता लगाउन बाँकी रहेको पौडेलले बताए । उनीहरु कपिलवस्तुको यशोधरा गाउँपालिकास्थित अनिरुद्र उच्च माध्यमिक विद्यालयमा रहेका क्यारेन्टाईनमा बसेका थिए । 
अहिले उनीहरुलाई बुटवलस्थित कोरोना बिशेष अस्थायी अस्पतालमा ल्याउने तयारी भएको छ । यसअघि कपिलवस्तुमै फेला परेका संक्रमितहरु पनि दुवै देशमा लकडाउन जारी रहेकै बेला भारतबाटै लुकिछिपी नेपाल भित्रिएका थिए। अघिल्ला संक्रमित र नयाँ संक्रमितहरुबीच सम्बन्ध र सम्पर्कबारे पनि पत्ता लाग्न बाँकी रहेको प्रजिअ पौडेलले बताए । नयाँ संक्रमितसँगै कपिलबस्तुमा कोरोना संक्रमितहरुको संख्या १५ पुगेको छ भने नेपालभर १२० जना पुगेका छन् । यस्तै निको हुनेको संख्या भने ३१ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी