×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कपिलवस्तुलाई जेठ ५ गतेसम्म सिल गर्ने निर्णय !

PRIME CA
GLOBAL IME BANK

कपिलवस्तुलाई जेठ ५ गतेसम्म सिल गर्ने निर्णय !

२९ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कपिलवस्तु । कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि कपिलवस्तु जिल्लालाई जेठ ५ गतेसम्म सिल गर्ने निर्णय भएको छ । जिल्ला सुरक्षा समिति वैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई सिल गर्ने निर्णय गरेको हो । 
पछिल्लो समय भारतबाटै लुकिछिपी नेपाल आएकाहरुमा कोरोना संक्रमण भेटिएपछि सुरक्षा समितिले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको हो । सोमबार मात्र यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएपछि थप सर्तकता अपनाउँदै सिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताए । 
पूर्वपश्चिम राजमार्गमा आवतजावत गर्ने अत्यावश्यक खाद्यान्नका मालवाहक, दुधका ट्यांकर, एम्बुलेन्स लगायतका साधनहरु नरोकिकन आउजाउ गर्न सक्नेछन् भने तरकारी तथा खाद्यान्न किनमेलका लागि विहान ७ बजेदेखि ९ बजेसम्म समय छुट्याइएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: