×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कपिलवस्तु जिल्ला जेठ २० गतेसम्म सिल !

PRIME CA

कपिलवस्तु जिल्ला जेठ २० गतेसम्म सिल !

५ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । कपिलवस्तु जिल्लालाई जेठ २० गतेसम्म सिल गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले जिल्लालाई जेठ २० गते राति १२ बजेसम्म सिल गर्ने निर्णय गरेको हो । 
यसअघि जिल्लालाई जेठ ५ गते राति १२ बजेसम्म जिल्ला सिल गर्ने निर्णय भएको थियो । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार सिलको अवस्थामा पनि खाद्यान्न तथा तरकारी पसल बिहान ७ बजेदेखि ९ बजेसम्म प्रत्येक सोमबार, बुधबार र शनिबार खुला हुनेछन् भने अन्य जिल्लाबाट आउन र जान भने पूर्ण निषेध गरिएको छ ।
यस्तै उद्योग व्यवसाय, सवारीसधान सञ्चालनमा पूर्ण रोक लगाइएको छ । कपिलवस्तु जिल्लामा सोमबारसम्म कोरोना संक्रमितको संख्या ४३ जना पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: