×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कपिलवस्तुमा भिषण आगलागी : नौ घर जलेर नष्ट, २० लाख बराबरको क्षति !

अर्थ सरोकार

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलवार

PRIME CA

कपिलवस्तुमा भिषण आगलागी : नौ घर जलेर नष्ट, २० लाख बराबरको क्षति !

  • अर्थ सरोकार सम्बाददाता
कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका – ७ मानपुरमा आगलागी हुँदा नौ घर र दुई गोठ जलेर नष्ट भएका छन् । स्थानीयवासी रमेश यादवको फुसले छाएको गोठबाट शुरु भएको आगोबाट घरमा रहेका अन्नपात, लत्ताकपडा तथा अन्य सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए । 
आगलागीबाट २० लाख बराबरको क्षति भएको छ । घटनाको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । आगोबाट मानवीय तथा चौपायाको क्षति भएको छैन । कृष्णनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा आएको हो । गर्मीयाम शुरु भएसँगै यहाँ आगलागीका घटना बढेका छन् । गत चैतमा पनि विजयनगरको गुगौलीमा आगलागी हुँदा ४९ घरगोठ जलेर नष्ट भएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: