
- अर्थ सरोकार सम्बाददाता
कपिलवस्तु । मंगलबार कपिलवस्तुका थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नम्बर–३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरु १४ दिनअघि भारतको मुम्बईबाट आएर मायादेवी गाउँपालिकाको जनता प्रावि बलुहवाको क्वारेन्टाइनमा बस्दै आएका थिए । क्वारेन्टाइनमा बसेकाहरुमा आरडीटी विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएपछि भैरहवाको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गरिएको प्रजिअ पौडेलले जानकारी दिए । क्वारेन्टाइनमा रहेका १६ जनामध्ये ४ जनामा पोजेटिभ देखिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्