Skip to content
LAXMI SUNRISE BANK

१४ दिनअघि भारतको मुम्बईबाट यसरी नेपाल आएका थिए कपिलवस्तुका चार जना कोरोना संक्रमित !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
कपिलवस्तु । मंगलबार कपिलवस्तुका थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नम्बर–३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरु १४ दिनअघि भारतको मुम्बईबाट आएर मायादेवी गाउँपालिकाको जनता प्रावि बलुहवाको क्वारेन्टाइनमा बस्दै आएका थिए । क्वारेन्टाइनमा बसेकाहरुमा आरडीटी विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएपछि भैरहवाको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण गरिएको प्रजिअ पौडेलले जानकारी दिए । क्वारेन्टाइनमा रहेका १६ जनामध्ये ४ जनामा पोजेटिभ देखिएको हो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK