
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले आर्थिक बर्ष २०७७-७८ को बजेटमार्फत बैंकका प्रत्येक शाखालाई सहुलियतपूर्ण कर्जा दिनैपर्ने व्यवस्था गरेको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अब वाणिज्य बैंकका प्रत्येक शाखले १० जनालाई सरकारले तोकेको सहुलितपूर्ण कर्जा दिनैपर्ने र विकास बैंकले प्रत्येक शाखाबाट ५ जनालाई यस्तो ऋण दिनुपर्ने अर्थमन्त्रीले जानकारी दिएका छन् ।
यसले काठमाडौँबाट भन्दा गाउँमा ऋण लिन सजिलो बनाएको छ । यस्तै बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तर्गत वाणिज्य बैंकले कम्तिमा १० र विकास बैंकले कम्तिमा ५ जनाका दरले सहुलियत पूर्ण कर्जा उपलब्ध गराउन नेपाल राष्ट्र बैंक मार्फत व्यवस्था गराउने छ । साना किसान विकास लघुवित्त संस्थामार्फत सञ्चालित सानाकिसान कर्जा कार्यक्रम बाट थप ४० हजार रोजगार सिर्जना गर्ने, युवा स्वरोजगार कोषबाट थप १२ हजार युवा स्वरोजगार हुने, गरिवका लागि लघुउद्यम लगायतका उद्योग क्षेत्रका कार्यक्रमबाट १ लाख २७ हजार र बन पैदाबारमा आधारीत उद्यममा थप ३० हजार रोजगारी सिर्जना हुने व्यवस्था मिलाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्