×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली प्रदेशमा पनि एकै दिन थपिए ७ नयाँ संक्रमित, कति पुग्यो संक्रमितको संख्या ?

PRIME CA

कर्णाली प्रदेशमा पनि एकै दिन थपिए ७ नयाँ संक्रमित, कति पुग्यो संक्रमितको संख्या ?

१२ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
कर्णाली । कर्णाली प्रदेशमा सोमबार सात संक्रमित थपिएका छन् । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली प्रदेशमा सोमबार सात संक्रमित थपिएको जनाएको हो । नेपालगञ्जस्थित भेरी अस्पताल, सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपंक्षी रोग प्रयोगशालामा गरिएको परीक्षणमा सात जनाका कोरोनाको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 
कोरोना देखिएका कर्णालीका सात जनामा एक महिला र ६ पुरुष रहेका छन्। भेरी अस्पतालमा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिका र ढुंगेश्वर नगरपालिकाका पाँच जनामा कोरोना देखिएको हो । त्यस्तै, सुर्खेतमा गरिएको परीक्षणमा दैलेखकै गुरास गाउँपालिकाका दुई जनामा कोरोना पुष्टि भएको हो । यसअघि देखिएका चार जनामध्ये तीन सुर्खेतका र एक दैलेखका रहेका थिए। अब कर्णाली प्रदेशमा संक्रमितको संख्या ११ पुगेको छ। यस अघि चार जनामा कोरोना देखिएको थियो।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: