- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक सय पाँच पुगेको छ । सामाजिक विकास मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा सल्यान, कालिकोट, दैलेख र सुर्खेतमा गरी ५९ जना नयाँ संक्रमित थपिएको छ ।
मन्त्रालयका जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका अनुसार शनिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतमा पीसीआर परीक्षण गर्दा सल्यानका २६, कालिकोटका १७ जना, दैलेखका १५ र सर्खेतका १ जना गरी ५९ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
संक्रमितहरु चार वर्षीया बालिकादेखि ६० वर्षीया जेष्ठनागरिक समेत रहेको जनस्वास्थ्य प्रमुख कँडेलले बताए । कर्णालीका दश जिल्लामध्ये कालिकोट र सल्यानमा शनिबार पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । अहिलेसम्म कर्णालीका चार जिल्लामा संक्रमित भेटिएका छन् । संक्रमित सबै भारतबाट आएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्