
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि एक महिने ‘मेडिकल मार्च’ अभियान शुरु गरेको छ ।
“कर्णाली प्रदेशका १० वटै जिल्लामा अहिले कोरोना भाइरस सङ्क्रमण भेटिएको छैन”, सामाजिक विकासमन्त्री दल रावलले भन्नुभयो, “कोरोना भाइरसविरुद्ध कर्णालीमा अहिले एक महिने मेडिकल मार्च अभियान शुरु गरेका छौँ ।” कोरोनामुक्त कर्णालीका लागि मेडिकल मार्च शुरु गरिएको उहाँको भनाइ छ । यसका लागि सामूहिक सङ्कल्पको खाँचो रहेको बताउँदै उहाँले हालसम्मको कोरोना रोकथाम, नियन्त्रण र पूर्व तयारीका गतिविधि सन्तोषजनक रहेको बताउनुभयो ।
कर्णाली प्रदेश सरकारले कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गर्दै प्रदेशका २७ स्थानमा चिकित्सकसहितको टोली खटाएको छ । ‘मेडिकल मार्च’ नाम दिइएको यो अभियानमा करिब १० हजार व्यक्तिको कोरोना परीक्षण गर्ने लक्ष्य राखिएको छ ।
मेडिकल मार्चमा सुर्खेतस्थित प्रदेश अस्पतालबाट ११ र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ९ जना चिकित्सक खटिएका छन् । बाँकी ७ स्थानमा सम्बन्धित जिल्लाका चिकित्सक जाने सामाजिक विकास मन्त्रालयले जनाएको छ । कुनै स्थानमा दुई चिकित्सक खटाइएका छन् ।
एउटा टोलीमा चिकित्सकसहित सरदर छ जनाका दरले स्वास्थ्यकर्मी खटिने मन्त्रालयले जनाएको छ । यस हिसाबले मेडिकल मार्चअन्तर्गत एकैपटक करिब २ सय चिकित्सक र स्वास्थ्यकर्मी कर्णालीका बस्तीमा युद्धस्तरमा खटिएको मन्त्री रावलले बताउनुभयो । उहाँका अनुसार प्रतिष्ठानको टोली जुम्ला, कालीकोट, मुगु र हुम्ला तथा प्रदेश अस्पतालको टोली दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम र सुर्खेतमा गएको छ ।
प्रदेश सरकारले हिमाली जिल्ला हुम्ला र डोल्पामा एयर लिफ्टिङ गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको छ भने अन्य जिल्लामा स्थलमार्गबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको हो । प्रदेशले शनिबार डोल्पा र आइतबार हुम्लामा एयर लिफ्टिङ गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको हो ।
कर्णालीका पाँचवटा जिल्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेर्ने व्यवस्था गरिएको छ भने तल्लो क्षेत्रका जिल्ला प्रदेश अस्पतालले र बाँकी जिल्ला सामुदायिक अस्पताल चौरजहारीले हेर्ने गरी स्वास्थ्यकर्मी परिचालन गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार क्वारेन्टाइन निर्माण गर्न र स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ खटिन मन्त्री रावलले आग्रह पनि गर्नुभयो ।
स्थास्थ्यकर्मीको टोली कम्तीमा १० दिनसम्म खटाइएको स्थानमा बस्ने जनाएको छ । सो अवधिमा टोलीले स्थानीयस्तरमा स्वास्थ्य जाँच र कोरोना परीक्षण गर्नेछ । मन्त्री रावलका अनुसार यो अवधिमा ७९ वटा स्थानीय तहका ७ सय १८ वटा वडामा स्थानीयवासीको कोरोना परीक्षण हुनेछ । ‘अभियानमा कुनै पनि वडाका बासिन्दा कोरोना परीक्षणबाट छुट्ने छैनन् । “शंकास्पद देखिएका र विदेशबाट आएका व्यक्तिको आरडिटी गर्नुका साथै स्वाब सङ्कलन गरेर पीसीआर पनि परीक्षण गरिनेछ” उहाँले भन्नुभयो, “हाम्रो योनजाअनुसार प्रयोगशाला र परीक्षण सामग्री पुगे भने १० दिनभित्र कर्णालीमा कोरोनाको अवस्था स्पष्ट हुनेछ ।”
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्