×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सातै प्रदेशका फोटो समाचार : भोजपुरमा बढे कोरोना परिक्षण गराउनेहरु, चिसापानीकी १० बर्षीया चेतनालाई भोकको पिर !

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले जिल्ला अस्पताल भोजपुरमा कोरोना परिक्षण गराउनेको भिड लागेकोदेखि चिसापानीकी १० बर्षीया चेतना पुन पेट पाल्नका लागि गिट्टी कुट्दैसम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।
हेरौं सातै प्रदेशका फोटो समाचार :
जिल्ला अस्पताल भोजपुरको परिसरमा स्वाब परीक्षणका लागि नमूना सङ्कलन गर्न समाजिक दूरी कायम गरी उभिएका मानिस । जिल्लाबाट मङ्गलबार पत्रकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, व्यावसायीलगायत गरी ७६ जनाको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि विपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान पठाएको छ । 
जाजरकोट–डोल्पा सडकखण्डको रुकुम–पश्चिम आठवीसकोट नगरपालिका–११ चिसापानीकी १० बर्षीया चेतना पुन गिट्टी कुट्दै । आमाले अर्को विबाह गरेर अकैसँग गएपछि आमा बिहीन बनेकी चेतना गिट्टी कुटेर जीवन निर्वाह गदै आएकी छिन् ।
घरेलु तथा साना उद्योग कार्यालय झापाकी उद्योग अधिकृत दुर्गा वास्तोला बजार अनुगमनका क्रममा बिर्तामोड नगरपालिकामा रहेको एक किराना पसलमा मिसावट, मूल्य सूचि र अखाद्य वस्तुका विषयमा जानकारी लिनुहुँदै । अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने खाद्यवस्तु बिक्री गर्ने पाँच पसललाई मङ्गलबार कारवाही गरिएको छ ।
बिर्तामोड–३ बासीले  विपन्न परिवारका लागि  एक साताअघिदेखि निःशुल्क खाना वितरण गर्न थालेपछि खाना लिन आएका सर्वसाधारण । बन्दाबन्दीका समयमा विपन्न  नागरिक र मजदुरलाई खाना खान समस्या परेपछि स्थानीयवासीको अगुवाइमा बिर्तामोडका  पाँच ठाउँमा निःशुल्क खाना खुवाइँदैछ ।
कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई युनिसेफ नेपाल मध्य तथा सुदूरपश्चिम कार्यालय र साझेदार संस्था सुन्दर नेपालले कोरोनाको जोखिम न्यूनिकरणका लागि हस्तान्तरण गरेको स्यानिटाइजर, ग्लोब्स, माक्स, स्प्रे, क्लोरिन, त्रिपाल, टेन्ट, कम्बल, झुल, पानी, पि–फम ।
प्रधानमन्त्री केपी शर्मा ओली सङ्घीय संसद, प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठाइएका प्रश्नहरुको जवाफ दिनुहुँदै ।
कञ्चनपुरको लालझाडी गाँउपालिकाको देखतभूली स्वास्थ्य चौकीमा शिशुलाई खोप लगाउँदै स्वास्थ्यकर्मी । बन्दाबन्दीका कारण स्थगित गरिएको खोप सेवा कञ्चनपुरमा शुरु भएको छ ।
सङ्घीय संसद, प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा सहभागी सांसद ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानका २० वर्षीय युवकमा कोरोना भाइरसको सङ्क्रमण भेटिएपछि उनको सम्पर्कमा रहेका व्यक्तिको पिसिआर परीक्षण गर्न स्वाब सङ्कलन गर्दै स्वास्थ्यकर्मी । काठमाडौँबाट गत वैशाख–१२ गते उद्दार गरेर ल्याइएका युवकमा कोरोना भाइरसको सङ्क्रमण भेटिएपछि नगरपालिकालाई अनिश्चितकालीन बन्द गरिएको छ ।
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको स्वाब सङ्कलन गरिंदै । यही जेठ ११ गते गण्डकी प्रदेशसभाको बर्खे अधिवेशन बोलाइएको छ । 
महाकाली नदी किनारमा भारतले बनाएको नागबेली बाटो । नदी किनारैकिनार गुञ्जी, कालापानी हुँदै चीनको मानसरोबरमा जोड्न लिपुभञ्याङ जोडेको बाटो यही हो । तल्लो क्षेत्रमा उसले नदी किनारै किनार आफ्नैँ भूभागमा बाटो बनाएको छ भने गुञ्जीबाट भने अतिक्रमित भूभागको प्रयोग गरिएको छ । 
पोखरा महानगरपालिका–१३ ले विपन्न वर्गलाई वितरण गर्दै आएको खाना लिन आएकी महिलालाई थर्मल गनबाट ज्वरो नाप्दै वडाका कर्मचारी । सामाजिक दूरी र सुरक्षा अपनाएर वडाले दैनिक बिहानबेलुका विपन्न परिवारलाई खाना खुवाउँदै आएको  छ ।
म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै  गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका । गाउँपालिकाले घरदैलामा नै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ ।
वागलुुङ समाज कल्याण केन्द्रका उपाध्यक्ष समाजसेवी रसुुमिला श्रेष्ठको नेतृत्वमा राष्ट्रिय फोटो पत्रकार समूह नेपालका महासचिव प्रदीपराज वन्तलाई फोटोपत्रकारका लागि २० बोरा चामल सहयोगस्वरुप हस्तान्तरण गर्नुभएपछि उहाँको सहयोगीसँग फोटो खिचाउँदै । 
कोरोना भाइरसका कारण एम्बुलेन्स चालकले एम्बुलेन्स चलाउन छाडेर जान थालेपछि आफैँ  चलाएर गाउँबाट बिरामीलाई अस्पताल पु¥याउँदै दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्का 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: