×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना कहर : कर्णाली प्रदेशका सबै सीमानाका १ हप्ताका लागि बन्द गरिने

PRIME CA

कोरोना कहर : कर्णाली प्रदेशका सबै सीमानाका १ हप्ताका लागि बन्द गरिने

२३ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । कर्णाली प्रदेशले सबै सीमानाका १ हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को आज बसेको बैठकले छिमेकी प्रदेशमा कोरोना सङ्क्रमणका बिरामी बढेको भन्दै सीमानाका बन्द गर्ने निर्णय गरेको हो । बैठकले कर्णाली प्रदेशका सिमानाका १ हप्ताका लागि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।
साथै बैठकले प्रदेशका २५ ठाउँमा विशेषज्ञ डाक्टरसहित स्वास्थ्यकर्मीहरुको टोली खटाउने भएको छ । प्रदेश नम्बर ५ को नेपालगञ्जमा कोरोना सङ्क्रमितको संख्या बढेपछि कर्णाली प्रदेश सरकारले पनि उच्च सतर्कता अपनाउने कार्ययोजना बनाएको सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिनुभयो ।
भारतसँग जोडिएको बाँके र त्यससँग जोडिएको कर्णालीमा पनि कोरोना जोखिम बढ्नसक्ने सम्भावित खतरालाई ध्यान दिएर प्रतिकार्यका लागि रणनीतिक ढङ्गबाट अघि बढ्ने तयारी भएको उहाँको भनाई छ ।
सम्भावित जोखिम नियन्त्रणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश अस्पताल र जिल्ला अस्पतालको तर्फबाट विभिन्न ठाउँमा जनशक्ति खटाउने र सीमा नाकामा कन्ट्याक्ट ट्रेसिङलाई पनि बढाउने तयारी छ । उहाँले सीमानाकामा कडाइ गर्ने, जो जहाँ छन्, त्यही बस्ने व्यवस्थाका लागि पहल गर्ने, नागरिकको आवतजावत रोक्ने र सीमानाकामा परीक्षण बढाउने बताउनुभयो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: