
- अर्थ सरोकार सम्बाददाता
कर्णाली – कर्णाली प्रदेश सरकारले सात दिनका लागि प्रदेश नै सिल गर्ने भएको छ । छिमेकी प्रदेशका रूपमा रहेका प्रदेश नम्बर ५ र सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेशले यस्तो निर्णय गरेको हो । सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सात दिनका लागि प्रदेश सिल गर्ने निर्णय गरेको हो।
परिषद्का अध्यक्ष एवम् मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले सो निर्णयसँगै कर्णाली प्रदेश पूर्ण रूपमा सिल हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।
बैठकले प्रदेशभर २५ ठाउँमा स्वास्थ्यकर्मीको टोली खटाउने निर्णय गरेको छ भने स्थानीय तहका केन्द्र, प्रमुख बजार लगायतका क्षेत्रममा स्वास्थ्यकर्मीको टोली खटाइनेछ । नाकाहरू पूर्ण रूपमा सिल गरी अत्यावश्यक औषधि र एम्बुलेन्सबाहेक अन्य कुराको आयात–निर्यातलाई बन्द गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्