
- अर्थ सरोकार सम्बाददाता
कास्की । कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको अवस्थामा पोखरा महानगरपालिकाले ३३ वटै वडामा क्वारेन्टाइन निर्माण गर्ने भएको छ । पोखरा महागनर कोरोना सङ्क्रमण नियन्त्रण मुल समितिकी संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले सबै वडामा ५० जना राख्न सकिने स्थानको छनोट गर्न वडाहरुलाई पत्राचार गर्ने निर्णय गरेको छ ।
महिलाका लागि एउटा छुट्टै क्वारेन्टाइन स्थलको छनोट र व्यवस्थापन गर्न महानगरको क्वारेन्टाइन व्यवस्थापन समितिलाई निर्देशन दिने निर्णय गरेको महानगर उपप्रमुख गुरुङले जानकारी दिनुभयो । पोखरा महानगरले मालेपाटनमा रहेको कृषिको होस्टेल र राल्पारोडमा रहेको लेकसिटी रिसर्च एण्ड हस्पिटलमा क्वारेन्टाइन सञ्चालन गरेको छ ।
आउँदा दिनमा थप व्यक्तिहरु राख्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै सबै वडाका अध्यक्षहरुलाई बढीमा ५० जना राख्न सकिने स्थानको छनोट गर्न तत्काल पत्राचार गर्ने निर्णय गरेको उपप्रमुख गुरुङले जानकारी दिनुभयो ।पोखरा महागनरले कोरोना सङ्क्रमणको उच्च जोखिम र आगामी दिनमा सङ्क्रमण फैलिन नदिन कास्की जिल्लाबाहेक अन्य स्थानबाट पोखरामा तरकारी तथा फलफुल भित्रन नदिन आवश्यक कार्य गर्न महानगरलाई सिफारिस गर्ने निर्णय गरेको महानगरका अनुगमन अधिकृत किरण कोइरालाले जानकारी दिनुभयो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्