
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । चिनियाँ जनमुक्ती सेना (पिएलए)ले नेपाली सेनाका लागि पठाएको स्वास्थ्य सामाग्री काठमाडौँ आइपुगेको छ । नेपाली सेनाको लागि सहयोग सामाग्री र मेडिकल किट्स लिएर चिनियाँ एयरफोर्सको चार्टर्ड विमान काठमाडौंमा अवतरण गरेको हो ।
नेपाली सेनालाई कोरोना भाइरसको संक्रमणसँग जुध्नका लागि चिनियाँ जनमुक्ती सेनाले स्वास्थ्य सामाग्री पठाएको हो । चिनियाँ जनमुक्ती सेना नेपालमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला स्वास्थ्य सामाग्री सहयोग गर्ने पहिलो विदेशी सेना हो ।
जहाजले कोरोना जाँच गर्ने किट, औषधी र व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) लगायतका सामग्री ल्याएको छ ।सामाग्री हस्तान्तरणका लागि नेपाली सेना र काठमाडौंस्थित चिनियाँ दूतावासमा कार्यरत सैनिक सहचारी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्