
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा ३०० पुल पक्की निर्माण गर्ने भएको छ । मदन भण्डारी राजमार्ग पाँच वर्षभित्र पूरा गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै उक्त राजमागर्कको झापा धरान खण्डमा आवश्यक पुल बनाइनेछ भने पूर्व पश्चिम राजमार्गलाई चारलाइनको द्रुत बनाइने नीति तथा कर्यक्रममा उल्लेख छ । काठमाडौं निजगढ द्रुत मार्ग आगामी तीन वर्ष पूरा गरिनेछ। आगामी आर्थिक वर्षमा उक्त द्रुतमार्गमा जटिल प्रकृतिका पुल र सुरुङ बनाइनेछ। मध्यपहाडी ३०० किमि, हुलाकी राजमार्गको २००, कालीगण्डकी ९० किमि सडक कालोपत्र गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
यस्तै कोसी र कर्णाली कोरिडोरको स्तरोन्नति गरिनेछ भने नागढुंगामा एक किमि सुरङ बनाइनेछ। सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा सुरुङ निर्माण गरिने, बेत्रावती, स्याफ्रु-गुर्जेभन्ज्याङमा सुरुङ निर्माण गरिने नीति तथा कार्यक्रममा छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्