×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३०० पक्की पुल बनाइने, काठमाडौं-निजगढ द्रुत मार्ग तीन वर्षभित्र पूरा गरिने…

LAXMI SUNRISE BANK

३०० पक्की पुल बनाइने, काठमाडौं-निजगढ द्रुत मार्ग तीन वर्षभित्र पूरा गरिने…

२ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा ३०० पुल पक्की निर्माण गर्ने भएको छ । मदन भण्डारी राजमार्ग पाँच वर्षभित्र पूरा गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै उक्त राजमागर्कको झापा धरान खण्डमा आवश्यक पुल बनाइनेछ भने पूर्व पश्चिम राजमार्गलाई चारलाइनको द्रुत बनाइने नीति तथा कर्यक्रममा उल्लेख छ । काठमाडौं निजगढ द्रुत मार्ग आगामी तीन वर्ष पूरा गरिनेछ। आगामी आर्थिक वर्षमा उक्त द्रुतमार्गमा जटिल प्रकृतिका पुल र सुरुङ बनाइनेछ। मध्यपहाडी ३०० किमि, हुलाकी राजमार्गको २००, कालीगण्डकी ९० किमि सडक कालोपत्र गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। 
यस्तै कोसी र कर्णाली कोरिडोरको स्तरोन्नति गरिनेछ भने नागढुंगामा एक किमि सुरङ बनाइनेछ। सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा सुरुङ निर्माण गरिने, बेत्रावती, स्याफ्रु-गुर्जेभन्ज्याङमा सुरुङ निर्माण गरिने नीति तथा कार्यक्रममा छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी