Skip to content
LAXMI SUNRISE BANK

सरकारको नीति तथा कार्यक्रम : काभ्रेको उपयुक्त स्थानमा आन्तरिक विमानस्थल बनाईने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सरकारले काभ्रेको उपयुक्त स्थानमा आन्तरिक विमानस्थल बनाउने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान चाप कम गर्न काभ्रेमा विमानस्थल बनाइने आगामी आर्थिक वर्ष २०७७/७८ को नीति कार्यक्रममा उल्लेख छ।
यसअघि नै सरकारले काभ्रे नामीडाँडामा विमानस्थल बनाउन सकिने सम्भाव्यता अध्ययन गर्ने जनाएको थियो।संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले काभ्रेमा विमानस्थल बनाउने विकल्पबारे नसोच्न निर्देशन दिए पनि नीति तथा कार्यक्रममा भने राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेमा विमानस्थल बनाउने कार्यक्रम संसदमा वाचन गरेकी हुन्।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK