
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोभिड–१९ महामारी अवस्थामा पनि अग्रपङ्क्तिमा रहेर जिम्मेवारी निर्वाह गरिरहेका काभ्रेका पत्रकारको कोरोना बीमा गरिएको छ । नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले कोभिड–१९ को अवस्थामा अग्रपङ्क्तिमा रहेर काम गर्ने पत्रकारका लागि युनाइटेड इन्स्योरेन्स कम्पनी लि. मा जिल्ला शाखामा सदस्य रहेकामध्ये १३७ जनाको बीमा गरेको हो ।
महासङ्घले आइतबार सो इन्स्योरेन्स कम्पनीमा रु ८२ हजार २०० रकम बुझाएर पत्रकारको बीमा गरेको हो । शाखाले विभिन्न सङ्घ-संस्थाको समन्वयमा जिल्लामा क्रियाशील पत्रकार तथा महासङ्घमा आबद्ध भएका सदस्यको कोरोना सङ्क्रमणसम्बन्धी बीमाका लागि आवश्यक कागजात र बीमा प्रिमियमसहित १३७ जनाको सूची युनाइटेड इन्स्योेरेन्स कम्पनीमा बुझाएको महासङ्घ अध्यक्ष मोतीराम तिमल्सिनाले बताए । “उक्त बीमा हामीले कागजात बुझाएको १५ दिनपछि मात्रै लागू हुनेछ”, उनले भने, “बीमाको सम्झौता कोरोना सङ्क्रमण भएको पिसिआर परीक्षणको कागजात भएसँगै रु एक लाख भुक्तानी हुनेछ ।”
सरकारले सबै खालको उपचार र परीक्षण गर्ने भएकाले यो बीमाबापतको रकम सङ्क्रमण भएलगत्तै उपलब्ध हुनेछ । बीमाका लागि प्रतिसदस्य रु ६०० का दरले आवश्यक रकम महासङ्घले बीमा कम्पनीलाई भुक्तानी गरेको छ । यसका लागि महासङ्घले गैरसरकारी संस्था महासङ्घसँग समन्वय गरेको छ । प्रतिपत्रकार रु ६०० मा एक लाखको बीमा हुनेछ । बीमाका लागि जिल्लामा रहेको सिविक फोरमको तर्फबाट प्रतिव्यक्ति ६०० को दरले ३० पत्रकारका लागि रु १८ हजार उपलब्ध गराइएको छ । कार्यकारी निर्देशक वसन्त कुँवरले नेपाल पत्रकार महासङ्घका अध्यक्ष तिमल्सिना र गैसस महासङ्घ काभ्रेका अध्यक्ष टोम सापकोटालाई शुक्रबार चेक हस्तान्तरण गरेका हुन् ।
यसअघि बिन्दवासिनी बचत तथा ऋण सहकारी संस्थाले कोरोना महामारीविरुद्ध अग्रपङ्क्तिमा खटिने सञ्चारकर्मीलाई सहयोग गर्ने उद्देश्यले नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखालाई रु ३० हजार सहयोग गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्