
- अर्थ सरोकार सम्बाददाता
खोटाङ । कोरोना भाइरसको जोखिम हुन नदिन खोटाङको रावाबेँसी गाउँपालिकाले सीमानाकामा हुने आवत जावतमा रोक लगाएको छ । हलेसी तुवाचुङ नगरपालिकामा एक युवकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सो गाउँपालिकाले बन्दाबन्दीको अवधिभर सबै प्रकारका गाडी तथा पैदल आवत जावतमा रोक लगाएको हो । गाउँपालिकास्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले गाउँपालिकाको सबै नाकाबाट हुने आवत जावत बन्द गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले जानकारी दिनुभयो ।
‘छिमेकी स्थानीय तहमा कोरोना सङ्क्रमित भेटिएसँगै आफ्नो क्षेत्रमा पनि गाउँपालिकाभित्र सञ्चालित होटल पूर्णरुपमा बन्द गर्न निर्देशन दिइएको छ’, उहाँले भन्नुभयो, ‘आगामी जेठ १६ गतेसम्म गाउँपालिकाको कार्यालयबाट अत्यावश्यकबाहेकका अन्य कामसमेत बन्द गरिएको छ ।’ लकडाउन को अवधिभर गाउँपालिकाभित्रका खाद्य पसल दैनिक बिहान ७ देखि ९ बजेसम्म र साँझ ४ देखि ५ बजेसम्म मात्र खुला गरिने जनाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवीस्थानका २० वर्षीय युवक कोरोना सङ्क्रमित रहेको पुष्टि भएपछि उक्त नगरपालिका अनिश्चितकालीन बन्द गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्