खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा कोरोना भाइरस सङ्क्रमित व्यक्ति फेला परेसँगै छिमेकी वडामा उच्च सतर्कता अपनाइएको छ । काठमाडौँबाट उद्धार गरेर ल्याइएका २० वर्षिय युवकमा सङ्क्रमण देखिएपछि वडा नं ३ च्यास्मिटारस्थित कोरोना भाइरस रोकथाम तथा नियन्त्रण वडास्तरीय समन्वय समितिले एक टोलबाट अर्को टोलमा जान रोक लगाएको छ ।
एक टोलबाट अर्को टोलमा जानै पर्ने भए वडाले तोकेको सम्पर्क व्यक्तिको अनुमति लिएरमात्र जान पाइने नियम बनाइएको वडाध्यक्ष भलाराज राईले बताउनुभयो । अनुमति लिन साविकको नौँवटै वडामा दुईजनाका दरले सम्पर्क व्यक्ति तोकिएको छ ।
यस्तै, टोलमा पाँचजनाभन्दा बढी भेला हुन नपाइने, वडामा खाद्यान्नबाहेकका अन्य पसल खोल्न नपाइने, खाद्यान्न पसल पनि बिहान ६ देखि ८ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म मात्र खोल्न पाइने व्यवस्था मिलाइएको छ । लकडाउनको पालना एवं वडास्तरीय समन्वय समितिले बनाएको नियम पालना गराउन मङ्गलबारदेखि प्रहरीचौकी च्यास्मिटारका प्रहरीमार्फत माइकिङ शुरु गरिएको छ ।
प्रहरीमार्फत माइकिङ गर्दै लकडाउन पालना भए/नभएको विषयमा टोल टोलमा अनुगमन पनि गरिने वडाध्यक्ष राईले जानकारी दिनुभयो । हलेसीमा भेटिएका सङ्क्रमित युवकलाई उपचारका लागि मङ्गलबार साँझ विराटनगर पठाइएको छ । काठमाडौँबाट ल्याइएका ती युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको आठजनाको परिवार, उनीसँगै बसमा यात्रा गरेर आएका व्यक्ति, उनको संसर्गमा बसिसकेका व्यक्तिलगायत गरी ४३ जनाको पिसिआर टेष्ट गर्न बिपी कोइराला स्वास्थ्य विज्ञा प्रतिष्ठान धरान पठाइएको नगर उपप्रमुख विमला राईले बताउनुभयो । “होम क्वारेन्टिनमा बसेपछि उनी गाउँकै खानेपानी योजनाको काममा संलग्न भएकाले सो आयोजनाको काममा संलग्न सबैको पिसिआर टेष्ट गर्ने तयारी गरिएको छ”, उहाँले भन्नुभयो, “हाल सङ्क्रमित युवकसँगै बसमा यात्रा गरेका अन्य व्यक्तिको खोजी कार्य भइरहेको छ ।”
गत वैशाख–१२ गते राजधानी काठमाडौँबाट बा४ख २२११ नम्बरको बसमार्फत उनीसँगै अन्य स्थानीय तहका व्यक्तिले समेत यात्रा गरेको अनुमान गरिएको छ । शहरमा बसिरहेको अवस्थामा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीको मारमा परेका स्थानीय बासिन्दालाई नगरपालिकाले उद्धार गरेर गाउँ ल्याउने क्रममा उनीसहित ५१ जना सो बसमार्फत गाउँ आएका थिए ।
नगरपालिकाले उद्धार गरेर गाउँ ल्याएपछि उनी होम क्वारेन्टिनमा बसेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले अहिले सङ्क्रमित युवकको गाउँसँगै रहेको हलेसी बजारलाई पूर्णरुपमा अनिश्चितकालका लागि बन्द गरेको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्