
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । उत्तर कोरिया र दक्षिण कोरियाका सेनाहरूबीच गोली हानाहान भएको छ । दुई कोरियालाई छुट्ट्याउने असैनिकीकृत क्षेत्रमा पछिल्लो घटना भएको हो । दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाबाट चलेका थुप्रै गोली एउटा सुरक्षा पोस्टमा लागेको थियो । त्यसपछि आफूहरूले चेतावनी दिएको र पछि गोली हानाहान शुरू भएको दक्षिण कोरियाले जनाएको छ । घटनामा कुनै हताहती वा क्षति नभएको बताइएको छ ।
पछिल्लो पाँच वर्षयता पहिलो पटक उत्तर कोरियाली सैनिकहरूले दक्षिण कोरियातिर सीधै गोली चलाएको विवरणमा जनाइएको छ । सुरक्षा व्यवस्था एकदमै कडा रहने असैनिकीकृत क्षेत्रलाई शान्ति क्षेत्रमा परिणत गराउने सोलस्थित दक्षिण कोरियाली सरकारको दुई वर्षयता जारी प्रयासबीच गोली हानाहानको घटना सार्वजनिक भएको छ ।
करिब तीन हप्तायता पहिलो पटक उत्तर कोरियाली नेता किम जङ अन सार्वजनिक रूपमा देखिएको विवरण आएको २४ घण्टापछि उत्तर र दक्षिण कोरियाली सेनाबीच गोली हानाहान घटना भएको हो । दोस्रो विश्वयुद्धको अन्त्यमा दुई कोरिया विभाजित भएका थिए । प्राविधिक रूपमा यी दुई मुलुक अझै युद्धको अवस्थामा छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्