×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा थप ८ जनाले जिते कोरोना :अस्पतालबाट आज डिस्चार्ज हुँदै, निको हुनेको संख्या कति ?

PRIME CA
GLOBAL IME BANK

नेपालमा थप ८ जनाले जिते कोरोना :अस्पतालबाट आज डिस्चार्ज हुँदै, निको हुनेको संख्या कति ?

२६ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर – शुक्रबार थप ८ जना व्यक्ति  डिस्चार्ज हुने भएका छन् । विराटनगरको कोरोना विषेश अस्पतालबाट शुक्रबार थप ८ जना कोरोना जितेर डिस्चार्ज हुने भएका हुन् । पछिल्लो ३ पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि ८ जनालाई डिस्चार्ज गर्ने तयारी अस्पतालले गरेको हो । 
योसँगगै नेपालमा हालसम्म कोरोना जित्नेको संख्या ३० पुग्नेछ । शुक्रबार डिस्चार्ज हुने सबै उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के व्यक्तिहरु हुन् । सोही स्थानमा कोरोना संक्रमण पुष्टि भएका ६ जना बुधबार डिस्चार्ज भएका थिए । डिस्चार्ज भएसँगै विराटनगरबाट छुट्नेको संख्या १४ पुग्नेछ । झापाका २, भोजपुरका १ र उदयपुरका ८ गरी कोरोना विषेश अस्पतालमा ३१ जना संक्रमितले उपचार गराइरहेका थिए । सबैको स्वास्थ्य अवस्था समान्य रहेको छ । 
नेपालमा संक्रमितको संख्या १०१ पुगेको छ भने उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: