×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोसी अस्पतालमा थप चार जनाले जिते कोरोनालाई, प्रदेश १ मा कोरोना मुक्त हुने संख्या ३० पुग्यो

PRIME CA
GLOBAL IME BANK

कोसी अस्पतालमा थप चार जनाले जिते कोरोनालाई, प्रदेश १ मा कोरोना मुक्त हुने संख्या ३० पुग्यो

१४ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
विराटनगर । विराटनगरस्थित कोसी कोभिड १९ अस्पतालबाट थप चार जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । कोसी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट डाक्टर संगीता मिश्राका अनुसार बुधबार ४ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुको डिस्चार्ज गरिएको बताइन् । उनका अनुसार डिस्चार्ज हुने चारै जना उदयपुर भुल्केका हुन । कोरोना निकोभएर घर फर्किनेमा ३ महिला र १ पुरुष छन् ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३० पुगेको छ । यस अघि २६ जना कोरोना निको भएर घर फर्किका थिए । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८७ जना छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: