
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीले महँगोमा नेपाललाई मूल्यवान शिक्षा दिएको बताएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नहरुको संसदमा जवाफ दिँदै कोरोना तितो यथार्थ भएको र यसले आफू र आफ्नो सरकारलाई गम्भीर बनाएको बताएका हुन् ।
यस्तै कोरोनाले अर्थतन्त्रमा गम्भीर नकारात्मक प्रभाव पारेको तर यसो भन्दै गर्दा पुरै लम्पसार परेर मात्रै समस्या समाधान नहुने र अर्थतन्त्र चलायमान बनाउन विकास निर्माणलाई पनि जोड दिइएको उनले बताए । केही सांसद र नीजि क्षेत्रले राहतको प्याकेज नआएको बताएका बेला प्रधानमन्त्रीले भन्नुभयो, ‘प्याकेज देखाउने कुरा होइन । जता जाँदैछौं त्यसअनुसार आर्थिक हिसाबले काम गर्नुपर्ने हुन्छ । जसलाई प्याकेज जरुरी छ, सरकारले महसुस गरेर ल्याउँछ । रोजगारी सृजना गर्न र सबैको दैनिकी सहज बनाउने बाटोमा सरकार जान्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्