
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलाई कडाइका साथ लागु गर्न निर्देशन दिएका छन् ।मंगलबारको मन्त्रिपरिषद बैठकमा थप संक्रमितहरु फेला पर्ने क्रम बढेको उल्लेख गर्दै यस्तो अवस्थामा लकडाउन खुकुलो पर्न नहुने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले लकडाउनका बेला काठमाडौंमा सवारी जाम बढेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले मानिसको जीवन जोगिए मात्रै अर्थतन्त्र बचाउनेतर्फ सोच्न सकिने पनि बताएका छन् ।मन्त्रिपरिषद बैठकमा सहभागी एक मन्त्रीले कोरोनाको संक्रमण नियन्त्रणमा नआउँदासम्म लकडाउन खुकुलो बनाउन नहुनेमा प्रधानमन्त्रीले जोड दिएका हुन् ।
मंगलबार मात्रै कोरोना भाइरसका ५७ जना नयाँ संक्रमित थपिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्