Skip to content
LAXMI SUNRISE BANK

कृषि विकास बैंकको खुद नाफा घट्यो, प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५५ पैसा ! अन्य सूचक यस्ता छन्… (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा खुद नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेको छ । सार्वजनिक गरिएको विवरण अनुसार सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब २५ करोड रुपैयाँ रहेको छ भने बैंकले सो अवधिसम्ममा २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा १७ करोड २१ लाख रुपैयाँ कम हो । गत आवको चैत मसान्तसम्ममा बैंकले २ अर्ब २१ करोड खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ६ करोड ७८ लाख रुपैयाँ घटेर २ अर्ब ७० करोड रुपैयाँमा खुम्चिएको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ४.२२ प्रतिशतबाट घटेर ३.६५ प्रतिशतमा सीमित भएको छ भने सो अवधिसम्ममा बैंकको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५५ पैसा कायम भएको छ। कुलचुक्ता पूँजी १४ अर्ब ९८ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ४३ करोड रुपैयाँ सञ्चित छ भने शेयरधनी कोषमा २ अर्ब ४३ करोड रुपैयाँ सञ्चित छ। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK