×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना रोकथाम तथा उपचार कोषमा व्यवसायी कृष्ण शाक्यद्वारा दश लाख रुपैयाँ सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोरोना रोकथाम तथा उपचार कोषमा व्यवसायी कृष्ण शाक्यद्वारा दश लाख रुपैयाँ सहयोग

Artha Sarokar

२९ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
भैरहवा – व्यवसायी कृष्ण शाक्यले प्रदेश नं ५ सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा उपचार कोषमा दश लाख जम्मा गरेका छन् । उनले आइतबार मुख्यमन्त्री शंकर पोखरेललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
भैरहवास्थित तेजभक्त इन्टरनेशनलका सञ्चालक शाक्यले कोरोना महामारीविरुद्ध सबै मिलेर अघि बढ्दा मात्रै सफल हुन सकिने बताए । प्रदेश सरकारले स्थापना गरेको कोषमा अहिलेसम्म १४ करोड जम्मा भएको छ । कोषमा प्रदेश सरकारले दश करोड जम्मा गरेको थियो । सो कोषको रकम कोरोना उपचारमा खर्च भइरहेको छ । प्रदेश सरकारले चार कोरोना अस्पताल बनाएर कोरोना सङ्क्रमितको उपचार गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी