×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडाध्यक्ष सरकारी कर्मचारीबाटै कुटिए

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडाध्यक्ष सरकारी कर्मचारीबाटै कुटिए

Artha Sarokar

१६ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – डडेल्धुरामा सरकारी कर्मचारीले नै वडाअध्यक्षमाथि हातपात गरेका छन् । बिहीबार राति डडेल्धुराको अमरगढी नगरपालिका–१० का वडाध्यक्ष विष्णु भट्टमाथि हातपात भएको हो । 
बुडाली घर भएका र हाल घरेलु विकास कार्यालय डडेल्धुरामा कार्यरत जोगराज ऐरले मदिरा खाएर वडाध्यक्ष भट्टमाथि हातपात गरेको प्रहरीले जनाएको छ । भारतबाट आएका व्यक्तिहरूलाई रेडक्रसको भवनमा क्वारेन्टाइनको व्यवस्था मिलाइरहेको समयमा वडाअध्यक्ष भट्टमाथि हातपात भएको हो । 
भारतबाट आएका ७२ जना बस्ने ठाउँ नभएर बाहिर बसिरहेपछि रेडक्रसको भवनमा क्वारेन्टाइन व्यवस्थापन गरिरहेको समयमा मदिरा सेवन गरि आएका ऐरले गालीगलौचसहित हातपात गरेको वडाअध्यक्ष भट्टको दावी छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी