- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीका कारण यस प्रदेशमा सिर्जित संकट थेग्न गाह्रो भएको भन्दै विशेष सहयोग गर्नका लागि संघीय सरकारसँग माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै मुख्यमन्त्री राउतले कोरोना परीक्षणका लागि दक्ष जनशक्ति तथा उपकरण सहित विशेष आर्थिक प्याकेज सहयोगको रुपमा उपलब्ध गराउन माग गरेका हुन् ।
भारतसँग खुला सीमाना तथा भारतमा रोजगारीमा रहेका करिब १० लाख युवाहरु फर्किने क्रम बढिरहेकाले प्रदेशमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै मुख्यमन्त्री राउतले जनाएका छन् । यसको नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारको स्रोत, साधन तथा जनशक्ति पर्याप्त नभएको भन्दै उनले संघीय सरकारसँग विशेष आर्थिक प्याकेज माग गरेका छन् ।
लकडाउनका कारण दैनिक जीवनयापनमा समस्या भोगिरहेका नागरिकलाई प्रदेश सरकारले स्थानीय तहको समन्वयमा दुई चरणको राहत वितरण गरेको पत्र मार्फत जानकारी दिँदै लकडाउन थपिदै जाँदा प्रदेशको भौगोलिक अवस्था, जनसांख्यिक बनोट, मानव विकास सूचकांक र सामाजिक विकासको अवस्थाको आधारमा प्रदेश सरकारले मात्र खाद्यान्नसहितको राहत उपलब्ध गराउन चुनौतीपूर्ण देखिएको उल्लेख छ । मुख्यमन्त्री राउतले संघीय सरकारका तर्फबाट ठोस कार्यक्रम ल्याउन समेत माग गरेका छन् ।
कोरोना परिक्षणका लागि प्रदेश सरकारले तीन स्थानमा पीसीआर प्रयोगशाला सञ्चालन गरे पनि भीटीएम किट अभावमा अपेक्षित परीक्षण गर्न नसकिएको पत्रमा स्वीकार गरेका छन् । मुख्यमन्त्री राउतले संघीय सरकारले यथाशिघ्र भीटीएम किट, उपकरण, दक्ष जनशक्ति र स्वास्थ्य सामग्री उपलब्ध गराउनका लागि प्रधानमन्त्री ओली समक्ष माग गरेका छन् ।
वैदेशिक रोजगारीमा रहेका प्रदेश नम्बर २ का लाखौँ युवा स्वदेश फिर्ता हुने सम्भावनालाई दृष्टिगत गर्दै यस प्रदेशमा युवा रोजगार कार्यक्रम, कृषि केन्द्रित विशेष योजनाका लागि विशेष आर्थिक प्याकेजको माग गरेका छन् ।यस प्रदेशमा मात्रै कोरोना संक्रमितहरुको संख्या ४ सय भन्दा बढी पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता विजय झाले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्