
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ललितपुर महानगरपालिकाको वडा नम्बर ६ मा बाहिर जिल्ला वा विदेशबाट फर्किआएका व्यक्तिरुलाई प्रवेश निषेध गरिएको छ । वडा अध्यक्ष हिटलर शाक्यले सूचना जारी गर्दै यस्तो जानकारी दिएका हुन् । वडा अध्यक्ष शाक्यले विदेशबाट फर्किआएका व्यक्तिहरुलाई र विभिन्न कारणले घर गएका भाडावालहरुलाई घरधनीहरुले तत्काल सम्पर्क गरी आफ्नो घरमा प्रवेश गर्न नदिने जानकारी गर्न गराउन आग्रह गरेका छन् ।
वडाका घरधनीहरुले सूचना लुकाई प्रवेश दिए त्यस्ता घरमा ताला लगाई शिल गर्ने तथा क्वारेन्टाइनमा लाग्ने सम्पूर्ण खर्च घरधनीले व्यहोर्नुपर्ने बताइएको छ । त्यस्तै, संक्रमित प्रमाणित भएको अवस्थामा घरधनीले क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
त्यस्तै, वडाभित्रका टोल सुधार समिति, संघ संस्थाहरुलाई आ–आफ्नो टोलभित्र बाहिरी मानिसहरुको आवतजावतलाई रोक्न, टोलभित्र फलफूल, तरकारी तथा अन्य खाद्य पसलहरु तोकिएको समयमा मात्र सामाजिक दुरी कायम गरी सञ्चालन गराउन तथा संक्रमण अझै बढ्दै गएमा र आवश्यक परेको खण्डमा आ–आफ्नो टोलहरुलाई शिल गर्न अनुरोध गरिएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्