Skip to content
LAXMI SUNRISE BANK

कर्मचारीमा कोरोना देखिएपछि पुल्चोकको आरोग्य प्रतिष्ठान सिल !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
ललितपुर । ललितपुरको पुल्चोकमा रहेको आरोग्य प्रतिष्ठान बुधबार बिहानदेखि सिल गरिएको छ। मंगलबार भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएकी २५ वर्षीया युवती प्रतिष्ठानकी कर्मचारी रहेको खुलेपछि प्रशासनले उक्त प्रतिष्ठान भएको भवन सिल गरेको हो । 
जिल्ला स्वास्थ कार्यालयले संक्रमितको सम्पर्कमा रहेकाले आरोग्य प्रतिष्ठानसँगै रहेको निदान अस्पतालमा पनि काम गरेको देखिएको बताएको छ । यस बिषयमा थप जानकारी लिइँदै गरेको स्वास्थ कार्यालयले जनाएको छ।
संक्रमित युवती सुनसरीको झुम्काबाट तीन दिनअघि काठमाडौं आएकी थिइन् । उनलाई लिन आरोग्य केन्द्रका ड्राइभर र अर्का एक सहयोगी गएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए। संक्रमित युवतीलाई टेकु अस्पतालमा भर्ना गरिएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK