
- अर्थ सरोकार सम्बाददाता
जनकपुर । लक्ष्मी बैंकका एक स्टाफका काकालाई कोरोना पोजेटिभ देखिएपछि उनी बस्ने घर सिल भएको छ । लक्ष्मी बैंकका एक कर्मचारी पनि सोहि घरमा बस्दै आएका थिए । बैंकका प्रदेश २ प्रमुख उज्वल घिमिरेले आफ्ना उक्त स्टाफ बसेको घर सिल भएको पुष्टी गरे । उनका अनुसार अहिले उक्त घरलाई सिल गरेर भोलि सबैको कोरोना परिक्षण गर्ने तयारी भएको छ ।
यता अन्य कर्मचारीहरु पनि होम क्वारेन्टाइनमा रहेको उनको भनाइ छ । ‘हाम्रो स्टाफको अंकलमा कोरोना देखिएपछि अहिले उक्त घरलाई प्रशासनले सिलबन्दी गरेको छ भने हाम्रा स्टाफ साथी पनि त्यहि घरभित्र सिलबन्दीमा हुनुहुन्छ । अन्य कर्मचारीहरु होम क्वारेन्टाइनमा छन् । बैंकका सम्पूर्ण सेवा बन्द गरेका छौं ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने । ती स्टाफको सम्पर्कमा आएका अन्यलाई पनि परिक्षण गर्ने तयारी भइरहेको छ ।
यता बैंकका कर्मचारी राजीव कुमार झाले दिएको जानकारी अनुसार एक स्टाफका आफन्तलाई कोरोना देखिएपछि स्टाफको परिक्षणको तयारी गरिएको हो । स्टाफका आफन्तलाई कोरोना पोजेटिभ देखिएपछि शाखाका सबै कर्मचारीहरुलाई क्वारेन्टाइन लैजान प्रशासनलाई तिब्र दबाब परेको छ । यद्यपी अहिलेसम्म कुनै स्टाफलाई पनि क्वारेन्टाइन नलगिएको झाले दावी गरे ।
‘टेष्ट पनि के हो ? कहिले पोजेटिभ भन्छ, कहिले नेगेटिभ भन्छ । तर हामीलाईचाहिं क्वारेन्टाइन लगिएको छैन ।’ बैंकका कर्मचारी झाले अर्थ सरोकार डटकमसँग भने, ‘स्टाफका आफन्तलाई कोरोना पोजेटिभ देखिएको भन्ने हो, यहि कुरालाई लिएर सबै बैंकका स्टाफलाई क्वारेन्टाइन लगिसकिएको भन्नेचाहिं होइन ।’
देशभर अत्यावश्यक सेवाका नाममा बैंक तथा वित्तीय संस्था खुल्दा जोखिम बढेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्