
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालमा सरकारले इन्धनको मूल्य नेपालमा तत्काल नघटाउने भएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य लगातार घटिरहे पनि नेपालमा भने तत्काल नघट्ने भएको हो । मंगलबार सञ्चारकर्मीहरुसंग भर्चुअल कुराकानी गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले निगमको नाफा कोरोना नियन्त्रण, रोकथाम तथा उपचार कोषमा पठाउनुपर्ने भएकाले तत्काल मूल्य समायोजन नहुने बताएका हुन् ।
आयल निगमले कोरोना नियन्त्रण कोषमा ५० करोड रुपैयाँ जम्मा गरेको पनि मन्त्री भट्टले बताए । मन्त्री भट्टले भने ‘आर्थिकरुपले सरकार कमजोर अवस्थामा छ, निगमको मूनाफा कोरोना कोषमा पठाउन थालेका छौं, तत्काललाई मूल्य घट्दैन पछि सोच्न सकिन्छ’।
यस्तै अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार मूल्य समायोजनका केही समय पछि गृहकार्य गरिने जनाए । विश्वव्यापी लकडाउन हुँदा कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य निकै घटेको छ । भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई मे १ तारेखमा पठाएको नयाँ मूल्यसूचीअनुसार निगमलाई एक लिटरमा पेट्रोलमा २२ रुपैयाँ ४५ पैसा, डिजेलमा २५ रुपैयाँ ६९ पैसा, मट्टीतेलमा ५५ रुपैयाँ ३५ पैसा, हवाई इन्धन आन्तरिकतर्फ ३३ रुपैयाँ ५३ पैसा, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ ८४ रुपैयाँ ६४ पैसा नाफा छ ।
यस्तै खाना पकाउने ग्याँसमा निगमलाई प्रतिसिलिण्डरमा एक सय ८१ रुपैयाँ ७० पैसा नाफा छ । उल्लेखित नाफा सरकारले लिने सबै प्रकारको करकट्टी गरेर भएको नेपाल आयल निगमले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्